इटहरीः इटहरीमा शुक्रबार साझ भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
तीब्र गतिमा आएको पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार करीब ८ बजेको समयमा इटहरी २ गंगा मार्गस्थित कोशी राजमार्ग धरानबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–००२ च ४६६२ नम्बरको पिकअपले सोही दिशातर्फ आउँदै गरेको को १६ प ५७२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा इटहरीका लोमस दाहालको मृत्यु भएको हो ।
मृत्यु हुने दाहल इटहरी २ का २८ वर्षीय युबा हुन् ।
त्यसै गरि मोटरसाइकलमा सवार इटहरी ५ बस्ने २९ वर्षीय सरोज गुरागाईँ गम्भीर घाइते भएका छन् । उनको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पिकअप तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ईलाका प्रहरी कार्यलय इटहरीले बताएको छ ।
दुवै सवारी साधन इटहरी प्रहरीको नियन्त्रणमा रहेको र फरार पिकअप चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।