इटहरीः नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनकी नेतृ संगीता कार्की प्रतिनिधिसभाको समानुपातिक तर्फको उम्मेदवारमा सिफारिस भएपछि श्रमिकहरुले आफ्नो आवाज ओकल्न भन्दै शुभकामना व्यक्त गरेका छन् ।
शुक्रबार इटहरीमा अन्तक्र्रिया तथा सम्मान कार्यक्रमको आयोजना गर्दै नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनले कार्कीलाई सम्मान गरेको हो । लामो समयदेखि इटहरीको साप्ताहिक हटियालाई केन्द्र बनाएर सडक व्यापार गर्दै आएकी कार्की विगत एक वर्षदेखि एकीकृत ट्र«ेड युनियन महासंघको नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनकी केन्द्रीय सदस्य हुन् ।
निडर र अन्यायको विरुद्ध आवाज ओकल्ने खरो स्वभावकी नेतृ संगीताले भोलि समानुपातिकबाट संसदमा पुग्न सकेको खण्डमा सम्पूर्ण मजदुर वर्गको प्रतिनिधित्व गर्ने भएकाले सम्पूर्ण मजदुर वर्ग एक भएर लाग्नुपर्ने कार्यक्रममा उपस्थित मजदुर नेताहरुको भनाइ थियो ।
कार्यक्रममा बोल्दै नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका केन्द्रीय उपमहासचिव प्रदीप तामाङ्गले संगीता एक सच्चा र इमानदार मजदुरको नेतृत्व गर्न सक्ने नेतृ भएकाले सम्पूर्ण मजदुर वर्गले उनलाई आफूहरुको आवाज सुनिदिने ठाउँसम्म पुर्याउन आग्रह गरेका थिए । कार्यक्रममा कृषि मजदुर संगठन, स्वतन्त्र सिटी सफारी संगठन, स्वतन्त्र सडक मजदुर संगठन लगायतका प्रतिनिधिहरुले कार्कीलाई सम्मान गर्दै आफूहरुको समर्थन रहेको बताएका थिए ।
नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका संघीय उपाध्यक्ष कृष्णप्रसाद वस्तीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै संगीता कार्कीले आफूले पहिलेदेखि नै अन्यायको विरुद्ध आवाज ओकलेको बताउँदै सडक व्यापारीहरुको समस्याको समाधान तथा यातायात मजदुरको समस्याको समाधानमा लागिरहने बताइन्ृ । समय समयमा सडक व्यापारीको पक्षमा बोल्दा आफूलाई पैसामा बिक्ने अवसर आएको भएता पनि आफूले त्यसलाई इन्कार गरेको र व्यवसायीको पक्षमा रहिरहेको बताएकी थिइन् । आफूलाइ आज संगठनका साथीहरुले खादा खोृढाएको नभई जिम्मेवारीको भारी बोकाएको बोध भएको उनले बताइन् ।