इटहरीः नेपाली कांग्रेस सुनसरी २ (ख) प्रदेश कार्य समितिले आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी तीन दर्जनभन्दा बढी आकांक्षीको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

समितिले प्रत्यक्ष तर्फ १५ जना र समानुपातिक तर्फ २५ जना आकांक्षीहरुको नाम माथिल्लो समितिमा सिफारिस गर्ने निर्णय गरेको हो । प्रत्यक्षतर्फ सिफारिसमा परेकाहरुमा पत्रकार वीरेन्द्रकुमार मेहता, चिरञ्जीवी बस्नेत, मोहन मेहता, महिचन्द्र साहु, प्रकाश मेहता, रामदास कोइरी, लिलामणी सुवेदी, सुरेन्द्रप्रसाद यादव, रफुल मियाँ, ज्योति शुब्बा, मुकुन्द खतिवडा, सरला बस्नेत, लाली मेहता, हेमनारायण मेहता र कुन्दन यादव रहेका छन् । त्यस्तै समानुपातिकतर्फ युवा आशीष प्याकुरेलसहित २५ जना सिफारिस भएका छन् ।

रामधुनी भुगोलबाट सिफारिस भएको प्याकुरेल जम्मा २७ वर्षका युवा हुन् । यस्तै अन्य आकांक्षीहरुमा  सञ्जयप्रसाद श्रेष्ठ, सहदेव मेहता, प्रकाश नेपाली, कुन्तिदेवी यादव, चन्देश्वर खत्वे, विणाकुमारी राउत, केसीलाल चौधरी, शिवनारायण मेहता, सुरतलाल सरदार, रेखादेवी मण्डल, विष्णु चौधरी, समसाद अहमद, बबिता सुवेदी कोइराला, शत्रुघनप्रसाद साह, सत्यनारायण मेहता, रञ्जेश भट्टराई, बुद्धिलाल परियार, डा. बालकृष्ण साह, ृिवणाकुमारी चौधरी, सदानन्द मेहता, कोपिला कार्की, शान्तिकुमारी मेहता र ममताकुमारी मेहताको नाम सिफारिस गर्ने निर्णय भएको छ ।

सुनसरीको सो क्षेत्रमा दक्षिणतर्फको भुगोलको भोटले कांग्रेसले सधै जित्दै आएपनि उम्मेदवार बनाउने सवालमा दक्षिणी भुगोललाई बाइपास गर्दै आएको भन्दै व्यापक असन्तुष्टि रहेको थियो । अहिलेको सिफारिसमा धेरै दक्षिणका नेताहरुको नाम आकांक्षीको रुपमा सिफारिस गरिएको छ ।