इटहरीः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा गाली गर्नेलाई पक्राउ पुर्जी जारी गरी जेल हाल्ने चेतावनी दिएका छन् ।
मेयर साम्पाङ्गले आफ्नो फेसबुकमा स्टाटस राख्दै ‘फेसबुकमा गालीगलौज गर्नेलाई पत्ता लगाएर पक्राउ पुर्जी जारी गर्ने बताएका हुन् । उनले मानहानी र गाली बेइज्जतीको मुद्दासमेत चलाइने चेतावनी दिएका छन् । ‘देशमा एउटा सरकार पनि छ’ भन्ने नभुल्न मेयरले आग्रह गरेका छन् ।
तर्कसहितको विरोध र बहसलाई आफूले धन्यवाद दिएपनि सामाजिक सञ्जालमा गाली गर्न तथा तल्लो स्तरको शव्द प्रयोग गर्न कसैलाई छुट नभएको उनले बताएका छन् । उनले भनेका छन्, ‘गाली गर्ने छुट कसैलाई छैन, पत्ता लगाएर जेल हाल्न नपरोस् ।’