उर्लाबारीः श्रीकृष्ण भजनकीर्तन मण्डलीले मोरङको उर्लाबारी–७ का मृगौलापीडित ४७ वर्षीय मानबहादुर भण्डारीलाई ४८ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
भण्डारीको उपचारमा सहयोग पु¥याउन मण्डलीले १० हजार रुपैयाँ र स्थानीयवासीद्वारा ३८ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको बताइएको छ । भण्डारीको दुवै मृगौलाले काम नगरेकाले प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले बताएका छन् ।
निम्न आर्थिक अवस्था भएका भण्डारी परिवारले उपचारमा १ लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको र थप उपचारका लागि खर्च अभाव भएपछि आर्थिक सहयोग गरिएको भजनकीर्तन मण्डलीले जनाएको छ ।