धरानः जनता समाजवादी पार्टी सुनसरी जिल्ला १ नम्बर निर्वाचन क्षेत्रीय समितिले आगामी मंसिरमा हुन गैरहेको संघ र प्रदेश निर्वाचनका लागि उम्मेदवारको नाम प्रस्ताब गरेको छ ।

जनता समाजवादी पार्टी क्षेत्रीय समितिको मंगलबार बसेको बैठकले आगामी चुनाबका लागि प्रत्यक्ष र समानुपातिक दुबैतर्फका लागि उम्मेदवारको नाम प्रस्ताव गरिएको जनता समाजवादी पार्टीका धरान उपमहानगर समिति उपाध्यक्ष हेमराज जिमि याक्खाले जानकारी दिए ।

प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी जिल्ला १ नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ अशोक राईको नाम प्रस्ताव गरिएको छ । त्यसैगरी विकल्प दिपक मेयाङ्बो र भिम राईको नाम पनि प्रत्यक्षतर्फ सुनसरी १ बाट प्रस्ताव गरिएका छन ।

सुनसरी जिल्ला १ नम्बर निर्वाचन क्षेत्र (१)बाट प्रदेश सदस्यका लागि प्रत्यक्षतर्फ नगेन्द्र लिम्बु,सुमित्रा राई र कृष्ण लिम्बुको नाम प्रस्ताव गरिएको छ । त्यसैगरी समानुपातिकतर्फ दुर्गामाया लिम्बु, दीपक मेयाङ्बो,भिम राई, नरेश विक र बलबहादुर मगर (क्षितिज) को नाम प्रस्ताव गरिएको छ ।

त्यसैगरी प्रदेशतर्फ सुनसरी १ नम्बर क्षेत्रको (२) बाट प्रत्यक्ष उम्मेदवारतर्फ सन्देश राई, लिला राई, मोहन राई, प्रदिप कार्की र हेमराज याक्खाको नाम प्रस्ताव गरिएको छ । समानुपातिकतर्फ बिना पुमा राई, एसा सुनुवार, शसिकुमार बिक, बिपिन इवारम, तेन्जिङ शेर्पा, गोबिन्द प्रसाद राई, मणि राई र सीता राईको नाम प्रस्ताव गरिएका छन् ।

अशोक राईको नाम यसअघि खोटाङ जिल्लाबाट समेत प्रस्ताव गरिसकिएकोछ । अघिल्लो चुनाबमा अशोक राईले सुनसरी १ बाट नै उम्मेदवारी दिएका थिए । अहिले भने देशभरमा पाँच दलीय गठबन्धन अगाडि बढिरहेको छ । अशोक राईले केही अगाडि धरान आएर पत्रकार सम्मेलन गर्दै सुनसरी १ बाट उम्मेदवारी हुने छनक दिएका थिए । तर गठबन्धनका कारण अझैसम्म उम्मेदवारबारे टुंगो लागिसकेको छैन ।