इटहरीः चर्चित राष्ट्रिय कलाकार कुमार कट्टेल ‘जिग्री’ ले आगामी मंसिर ४ गतेको निर्वाचनमा प्रतिनिधिसभाको लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने भएका छन् । 

समाजसेवी तथा युवा अभियान्ताको रुपमा समेत चर्चित कलाकार कट्टेलले स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् । 

‘स्वतन्त्र सरकार निर्माण गरौँ, भ्रष्टहरुलाई बिदाइ गरौँ’ भन्ने नारासहित नीति निर्माण तहमा सक्षम युवा आउनुपर्छ भनेर आफूले उम्मेदवारी दिन लागेको कट्टेलले बताएका छन् ।