इलामः नेकपा एकीकृत समाजवादी इलाम जिल्ला कमिटीले जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा आफ्नो पार्टीका उम्मेदवार सिफारिस गरेको छ । 

जिल्ला कमिटी अध्यक्ष भक्त केसीका अनुसार क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा पार्टीका सम्मानित नेता झलनाथ खनालको नाम पहिलो नम्बर मा छ भने डम्बरसिंह गदालको नाम दोस्रो नम्बरमा छ । यस्तै महिलातर्फ सावित्रा गड्तौलाको नाम सिफारिस गरिएको छ । पार्टीले क्षेत्र नम्बर २ को लागि पुरुषतर्फ रामचन्द्र पराजुली र पूर्णबहादुर बस्नेत परेका छन् । क्षेत्र नम्बर २ मा सिफारिस भएका पराजुली केन्द्रीय सदस्य हुन भने बस्नेत केन्द्रीय परिषद सदस्य हुन् । पार्टीले क्षेत्र नम्बर २ को महिलातर्फ प्रमिला बस्नेतको नाम पठाएको छ । 

jhalanath

इलाम जिल्ला कमिटीले प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (क) मा प्रदेश १ का सँस्कृति तथा पर्यटन मन्त्री खिनु लगवा लिम्बू, राममाया राई र मुना राईको नाम सिफारिस गरेको छ भने पुरुषतर्फ भक्तबहादुर केसी, लालबहादुर सुब्बा र जितबहादुर राईको नाम सिफारिस भएको छ । 

यता प्रदेश (ख) तर्फ महिलामा मुना राई र सूर्यवाला राई छन् भने पुरुषतर्फ  टेकबहादुर राई, बृहष्पति खतिवडा, पूर्णप्रसाद ढुंगाना, तारा नेपाल र शम्भु दाहाल 

परेका छन् । यस्तै क्षेत्र नम्बर २ (क) का लागि प्रदेशसभाबाट पुरुषतर्फ रामचन्द्र पराजुली, हरिवाला राई , सन्जीव राई र कृष्ण गुरुङको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर २ (ख) तर्फ मिसन चाम्लिङ, सोमनाथ शर्मा र हर्क सावाँ रहेका छन् । मुना शर्माको नाम क्षेत्र नम्बर (क) र (ख) दुवैतर्फ सिफारिस भएको छ ।