विराटनगरः नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ले प्रतिनिधिसभामा सुनिल शर्माको एकल उम्मेदवारी सिफारिस गरेको छ ।
विराटनगरस्थित नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगरका सञ्चालकसमेत रहेका महाधिवेशन प्रतिनिधि शर्माको एकल नाम क्षेत्र नम्बर ३ बाट सिफारिस भएको हो ।
क्षेत्रीय कार्य समितिको मङ्गलबार बसेको बैठकले शर्माको नाम मात्र सिफारिस गरेको क्षेत्र नम्बर ३ का सभापति गणेश खड्काले बताएका छन् ।
गत चुनावमा भने यसै क्षेत्रबाट पराजित शर्मा यसपालि पुनः उम्मेदवार बन्ने तयारीमा छन् ।
गत निर्वाचनमा नेकपा एमालेका उम्मेदवारले शर्मालाई हराएका थिए पटक–पटक विवादमा समेत तानिएका शर्माको नाम एकल सिफारिस हुनु भनेको टिकट पक्काजस्तै हो । गठबन्धनको तर्फबाट मोरङ क्षेत्र नम्बर ३ कांग्रेसको भागमा परेको खण्डमा शर्मा पक्का उम्मेदवार बन्नेछन् ।