इटहरीः आगामी मंसिर ४ गतेको निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)ले प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईको नाम प्रतिनिधिसभाका लागि सिफारिस भएको छ ।
नेकपा एकीकृत समाजवादीको खोटाङ्ग कमिटिले प्रतिनिधिसभा समानुपातिकमा जलशेर राई र संगीता राईको नाम सिफारिस गरेको जनाएको छ । जिल्लाको प्रदेशसभा ‘क’ मा प्रत्यक्षतर्फ सात जनाको नाम सिफारिस भएको छ । प्रदेश सभा ‘क’ मा सिफारिस हुनेहरुमा वीरबलकाजी राई, उदयबहादुर कार्की, राजन आचार्य, भीम राई (बुईपा), भीम राई (बाम्राङ), विष्णु दाहाल र तेजबहादुर राई रहेका छन् भने समानुपातिकमा रमिला गुरुङको नाम सिफारिसमा परेको छ ।
नेकपा एकीकृत समाजवादीले प्रदेशसभा ‘ख’मा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफारीस गरेको छ । बबी चाम्लिङ, श्यामराज राई, नरेश राई, तारानाथ दाहाल, कुमार राई, परिवर्तन राई, बम खत्री र शम्भु घिमिरे गरी आठ जनाको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ । समानुपातिकमा अम्बिका राईको नाम सिफारिस गरेको समाजवादीले जनाएको छ ।