इटहरीः नेपाली कांग्रेस इटहरी नगर समितिले वडा समितिको अधिकारलाई मिच्दै सल्लाहबिना नै वडा सदस्यहरुको मनोनयन गरेको भन्दै उपसभापति बालकृष्ण बिष्टले आपक्ति जनाएका छन् ।
सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै बिष्टले कांग्रेसले इटहरी नगर समिति सन्चालनमा अवैधानिक तवरले व्यक्ति केन्द्रित गतिविधि भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बिष्टले कार्यवाहक सभापति कोविदजंग कार्कीले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर पटक पटक रिक्त सदस्य पदमा मनोनयन गरेकोमा भत्र्सनासमेत गरेका छन् ।
हालै आएर वडास्तरीय भूमिहिन र अव्यवस्थित सहजीकरण समितिमा नेपाली कांग्रेसका २० वडा समितिहरुबाट सिफारिस भई वडास्तरीय समितिको सदस्यमा वडाले तोकिएको व्यक्ति सदस्य हुनुपर्ने प्रावधान रहेकोमा नगर समितिबाट मनोनयन गरिएकोमा उपसभापति बिष्टले भत्र्सना गरेका छन् ।
उनले नगर समितिले वडा समितिको अधिकारलाई मिच्दै बिना कुनै सरसल्लाह गरिएका कार्य फिर्ता लिन इटहरी नगर सभापति तथा उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललाई लिखित र मौखिक रुपमा आग्रह गरेको जनाएका छन् ।
उपसभापति बिष्टले पार्टीमा भएको अवैधानिक निर्णय २४ भण्टाभित्र फिर्ता लिन नगर समितिलाई अनुरोध गरेका छन् । उक्त निर्णय फिर्ता नभएको खण्डमा आन्दोलनका कार्यक्रमहरु लिई अगाडि बढ्नेसमेत बिष्टको भनाइ छ ।