इटहरीः नेकपा एकीकृत समाजवादी सुनसरीले आगामी मंसिर ४ गतेको निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभामा जिल्लाबाट उम्मेदवार सिफारिसको काम सकेको छ ।
सोमबार इनरुवामा बसेको पार्टीको कार्यलय बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारहरुको टुङ्गो लगाएको पार्टीका सुनसरी उपसचिव राजेश भण्डारीले जानकारी दिए । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाले सुनसरी क्षेत्र नम्बर १ को लागि हालका मुख्यमन्त्री राजेन्द्रकुमार राई, लक्ष्मण चौधरी र पदमा सुव्वालाई जिल्ला कमिटीले सिफारिस गरेको छ भने सुनसरी क्षेत्र नम्बर २ का लागि धर्मराज निरौला, केपी सापकोटा र सरिता कार्कीलाई सिफारिस गरिएको छ ।
नेकपा एकीकृत समाजवादीले सुनसरी क्षेत्र नम्बर ३ को लागि मोहम्मद जैतुल हक मिया, कमला दुलाल र जगतनारायण चौधरीलाई सिफारिस गरेको छ । यस्तै सुनसरी क्षेत्र नम्बर ४ का लागि केशव प्रसाद तिम्सिना, डा सी. एन. पाठक र कैकशा अन्जुम जिल्लाको सिफारिसमा परेका छन् । यता प्रदेशसभाको लागि सुनसरी (क) बाट सुष्मा राई, तारा लामगादे र एकराज सुव्वाको नाम सिफारिस भएको छ भने प्रदेशसभा (ख) बाट रेवतीरमण राई , अमृता रमदान र श्यामनारायण राजधामी परेका छन् । यस्तै सुनसरी क्षेत्र नम्बर २ को (क) का लागि चिरन्जीवी भटराई, सुन्दरमणि राई र अन्जु बीसीको नाम परेको छ भने क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) का लागि गोविन्द निरौला, शम्भुप्रसाद आचार्य र सीता चौधरी सिफारिस भएका छन् ।
यसैगरी, सुनसरी क्षेत्र नम्बर ३ को (क) का लागि केशवकुमार बिष्ट, गौरीमान परियार र नयनतारा सिटौला सिफारिस भएका छन् भने प्रदेशसभा (ख) का लागि रामचन्द्र मटियैत, दीपक राई र रेखा गुरुङ छन् । यस्तै सुनसरी क्षेत्र नम्बर ४ को लागि प्रदेशसभा (क) मा बाबुराम बराल, परमानन्द पौडेल र सीताराम पराजुली सिफारिस भएका छन् भने प्रदेशसभा (ख) का लागि महफुज आलम अन्सारी, हिरालाल मेहता र सबनम आरालाई मंगलबार बसेको पार्टीको कार्यलय बैठकले सिफारिस गरेको सुनसरी जिल्ला उपसचिव राजेश भण्डारीले जानकारी दिए ।