इटहरीः प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीय संसदीय चुनावमा पनि भोजपुरबाटै प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।
पार्टीले सुुनसरीबाट उठाउने निर्णय गरिसकेको अवस्थामा मुख्यमन्त्री राईको यस्तो घोषणा सार्वजनिक भएको हो । मुख्यमन्त्री राईको दल नेकपा (एकीकृत समाजवादी) ले जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट संघको निर्वाचनतर्फ उनीसहित पुराना कम्युनिस्ट नेता लक्ष्मण चौधरी र पद्मा लिम्बूको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ । त्यसैगरी, सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभा निर्वाचनका लागि निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट सुष्मा राई, एकराज सुब्बा र तारा लाम्गादेको नाम सिफारिस गर्ने निर्णय भएको छ । सोही निर्वाचन क्षेत्रको ख’ बाट श्याम राजधामी, रेवतीरमण राई र अमृता रामदामको नाम सिफारिस गर्ने निर्णय भएको जिल्ला इन्चार्ज केशवकुमार बिष्टले बताए ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर २ को संघीय निर्वाचन तर्फ धर्मराम निरौंला, केपी सापकोटा र संगिता कार्की लामाको नाम सिफारिस गर्ने निर्णय भएको छ । यो निर्वाचन क्षेत्रको प्रदेशसभाका लागि ‘क’ र ख’ मा उम्मेदवारी दावी गर्ने आकाक्षीहरु धेरै भएकाले शनिबारको बैंठकले निर्णय गर्न नसकेको बैंठकमा सहभागी प्रदेशसभाका लागि दरिलो दाबेदारी दिएका खगेन्द्र ओलीले बताए । सो निर्वाचन क्षेत्रको ‘क’ मा ११ जनाको र ‘ख’ मा ४ जनाले आफ्नो दावेदारी नछाडेकाले शनिबार सो दुई स्थानका लागि ३÷३ जनाको नाम सिफारिका लागि टुङ्गो लगाउन नसकिएको हो ।
सो निर्वाचन क्षेत्रका लागि गरिने ३÷३ जनाको नाम टुङ्गो लगाउने जिम्मेवारी जिल्ला पार्टी कार्यालयलाई दिईने शनिबारको बैठकले निर्णय गरेको बैंठकमा सहभागी पार्टीका जिल्ला उपसचिव तथा युवा फाँट इन्चार्ज राजेश भण्डारीले जानकारी दिए ।
निर्वाचन क्षेत्र नम्बर ३ को संघ तर्फ जुगतलाल चौधरी, जैनवल हक र कमला दुलालको नाम केन्द्रलाई सिफारिस गर्ने निर्णय भएको छ । सो निर्वाचन क्षेत्रको प्रदेशसभाका लार्गि क’ बाट केशबकुमार बिष्ट, गौरीमान परियार र नैना सिटौंलाको नाम सिफारिस गर्ने निर्णय भएको पार्टीका जिल्ला अध्यक्ष गोविन्द निरौंलाले बताए ।
सोही निर्वाचन क्षेत्रर्को ख’ बाट रामचन्द्र मैटियत, दीपक राई र रेखा गुरुङको नाम सिफारिस गर्ने निर्णय भएको छ ।
निर्वाचन क्षेत्र नम्बर ४ बाट संघका लागि केशब तिम्सिना, सिएन पाठक गायतको नाम सिफारिस गर्ने निर्णय भएको छ । प्रदेशसभा तर्फ ४ को ‘क’ बाट बाबुराम बराल , किरण कार्की र्र ख’ बाट महफुज अन्सारी लगायतको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय भएको छ ।