इटहरीः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले आफ” बदलिनका लागि आएको नभई बदलाव ल्याउनका लागि आएको बताएका छन् ।

आइतबार बिहान आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्दै मेयर साम्पाङ्गले आफू बदलाव ल्याउन आएको व्यक्ति भएको बताएका हुन् । ‘म बदलिन आएको व्यक्ति होइन । म बदलाव ल्याउन आएको व्यक्ति हुँ । दुई चार थान  झोलेहरुले मेरो विरोध गरेर केही हुन्न ।’ भन्दै उनले आफू उदाउने अभिव्यक्ति दिएका छन् ।

‘विरोधीहरुले विरोध गरिरहन्छन्, म आफ्नो काम गरिरहन्छु’ भन्ने मेयरको भनाइको आशय छ । आफ्ना समर्थकलाई सम्बोधन गर्दैै साम्पाङले ‘हामी एक हुने छौँ र उदाउने छौँ हामी माथि माथिसम्म जानेछौँ ।’ भन्दै पोस्ट गरेका छन् ।

297361936_751842386073808_2287250297429474541_n