इटहरीः झुम्का जेसिजले वर्ष २०२२ को जेसिज सप्ताह कार्यक्रम शनिबार नगरस्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिताबाट रामधुनी नगरपालिकामा सुरुवात गरेको छ ।

 सप्ताह कार्यक्रमअन्तर्गत सात दिनसम्म नियमित सामाजिक सचेतना, वृक्षा रोपण, सरसफाइ कार्यक्रम, बालबालिकालाई शैक्षिक सामग्री वितरण, खेलकुद, तीज विशेष, जितिया विशेष र जेष्ठ नागरिक सम्वाद तथा सम्मान आदि रहेको झुम्का जेसिजका २०२२ का प्रेसिडेन्ट द्वारिका घिमिरेले जानकारी दिए । भाद्र ११ बाट १७ गतेसम्म सञ्चालन गरिने कार्यक्रमको पहिलो दिन नगरस्तरीय दोश्रो खुल्ला ब्याडमिन्टन प्रतियोगितासहित आरम्भ गरिएको छ । 

301444030_762289275006646_4794597455229518814_n

समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका प”र्वकेन्द्रीय अध्यक्ष राजीव ढुङ्गानाको उपस्थिति रहेको थियो  । शनिबार सम्पन्न भएको नगरस्तरीय खुला ब्याडमिन्टन प्रतियोगितामा रामधुनी नगर का ५७ जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।

ए समूह र बी समूह गरी दुई समुहमा खेलाइएको खेलमा ए समूहअन्तर्गत प्रथम होहिलाल चौधरी र तेजनारायण चौधरी, द्वित्तीय रुद्र श्रेष्ठ र रमेश घिमिरे, बी समुहको प्रथम सुरज चौधरी र पुजन घिमिरे र द्वितीय आशाराम चौधरी र तिर्थ थापाले उपाधि हासिल गरेका थिए । विजेताहरुलाई शिल्ड तथा मेडल सहितको पुरस्कार झुम्का जेसिजका अध्यक्ष घिमिरेले वितरण गरेका थिए । सप्ताहको दोश्रो दिन तीजको दर खाने कार्यक्रम रहेको सप्ताह मुल समारोह समितिका संयोजक गोविन्द आचार्यले बताएका छन् ।