सुन्दरहरैँचाः दलीय गठबन्धन अन्र्तगत नेपाली कांग्रेसले आउँदो निर्वाचनमा कम्तीमा १ सय सिट लिएर प्रतिस्पर्धा गर्नुपर्ने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएकाछन् ।  

मोरङको सुन्दरहरैंचा नगरपालिकामा शनिबार आयोजित एकदिवसीय तालिम तथा प्रशिक्षण कार्यक्रममा नेता कोइरालाले निर्वाचनमा कम्तीमा १ सय सिट लिएर गठबन्धनसंगै निर्वाचनमा जान सकिने बताएका हुन् । कार्यक्रममा नेता कोइरालाले मुलुक प्रतिकुल अवस्थामा रहदाँ गठबन्धन स्वीकार्दै निर्वाचानमा होमिनुपरेको बताएका थिए । उनले भने, ‘नेपाली कांग्रेस कमजोर छैन । एक्लै निर्वाचनमा जान पनि सक्छ ।’ 

एकीकृत समाजवादी, एमाले एकै हुदाँ, माओवादीसंग तालमेल गरेर २०७४ सालको निर्वाचनमा जादाँ समेत नेपाली कांग्रेसले निर्वाचनमा प्रतिस्पर्धा गरेको उनको भनाई छ । कार्यक्रममा नेता डा. कोइरालाले गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने प्रस्ट पारेका थिए । उनले गठबन्धनमा रहेका पार्टीको सांगठानिक अवस्था र जित्ने आधार हेरेर मात्र सिट बाडँफाड गरिनुपर्नेमा जोड दिए । नेता कोइरालाले भने, ‘अन्य दलले हामीलाई धेरै सिट चाहियो भन्नु भयो भने। उहाँहरुले जित्ने अवस्था छ कि छैन हेर्नुपर्ने हुन्छ । २०७४ सालमा एमाले, समाजवादी, माओवादी मिलेर अगाडी बढेका थिए । कांग्रेस एक्लै निर्वाचनमा होमिएको थियो ।’ 

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डा. डिला संग्रौला, रुक्मिणी कोइराला, दिनेश कोइराला, पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, पुर्व आमन्त्रित केन्द्रीय सदस्य तेजप्रसाद सिटौला, क्षेत्रीय सभापति देवराज तामाङ्ग लगायतको सहभागिता रहेको थियो । दलीय गठबन्धनमा कति सिट लिन सक्ने भन्ने कुरामा छिनोफानो भएको छैन । गठबन्धनमा कम्तीमा १ सय सिट हुनुपर्नेमा जोड दिए । निर्वाचनमा अन्य दलभन्दापनि जित्नका लागि अघि बढ्नुपर्नेछ । २०७४ सालको सिटमा समाजवादी एमालेमा थियो । माओवादीपनि एमालेसंग मिलेको थियो । कांग्रेस एक्लै निर्वाैचनमा होमिएको थियो ।