इटहरीः नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टी कमजोर नभएको बताएका छन् ।

पार्टीको मोरङ जिल्ला निर्वाचन क्षेत्र नम्बर ६ समितिले सुन्दरहरैँचामा आज आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । कम्तिमा एक सय सिट आफ्नो पार्टीले पाउने अवस्था निश्चित नभए चुनावी गठबन्धनमा सहभागी नह’ने उनको भनाइ छ ।

उनले एक्लै निर्वाचनमा जान कांग्रेस सक्षम भएपनि  परिस्थिति अनुकुल नभएकाले गठबन्धनमा जानु परेको जिकिर गरे । आफ्नो पार्टीको जनआधार बलियो भएकाले त्यसलाई विचार गरेर मात्र गठबन्धनको सिट तय गरिनुपर्ने उनले तर्क गरे ।