इटहरीः झुम्का जेसिजले शनिबार ११ गते भदौबाट जेसिज सप्ताह २०७९ को आयोजना गर्ने भएको छ ।
झुम्का जेसिज वर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष गोविन्द आचार्यका अनुसार दर खाने कार्यक्रमदेखि लिएर व्याडमिन्टर प्रतियोगिता तथा तालिम र सम्मान सम्मका कार्यक्रम तय गरिएको छ । हरेकजसो सामाजिक काममा सक्रियता जनाउने जेसिजले नगरस्तरीय दोश्रो खुल्ला व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ त्यसैगरी, तिजको अवसर पारेर दर ख्वाउने कार्यक्रम पनि राखिएको छ भने विद्यालयमा फुलबारी सुगन्धित बिरुवा रोपण, फुलबारी निर्माण तथा सरसफाइ कार्यक्रमसमेत तय गरिएको छ ।
यसैगरी, सामुदायीक विद्यालयहरुमा बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग र तिज तथा जितिया विशेष समारोह पनि राखिएको छ । जेसिज सप्ताहभित्रै युवा लक्षित व्यत्तित्व विकास तथा प्रभावकारी प्रस्तीतीकरणसम्बन्धी तालिम तथा जेष्ठ नागरिक म्युजिकल चेयर पुरस्कार वितरण, सम्मान तथा जेसिज सप्ताहको समापन कार्यक्रम राख्ने र समापन हुने झुम्का जेसिजका अध्यक्ष द्वाारिका घिमिरे (सुवोध) ले बताए ।