इटहरीः ओखलढुङ्गा जिल्लाले नवौँ राष्ट्रि«य खेलकुद प्रतियोगिताका लागि आफ्नो जिल्लाबाट २० वटा विधामा प्रतिस्पर्धा गर्ने भएको छ । 

असोज २८ गतेदेखि कार्तिक महिनाको ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा सञ्चालन हुने नवौँ राष्ट्रि«य खेलकुद प्रतियोगितामा ओखलढुङ्गाले फुल कन्ट्याक्ट कराँतेबाहेक सबै खेलको छनौट सकेको छ । 

प्रदेश खेलकुद विकास बोर्डले दिएको तालिकाअनुसार भोलि शुक्रबारसम्म सम्पूर्ण जिल्लाले आफ्नो छनौट सकेर प्रदेशमा खेलाडीको नामावली पठाउनुपर्नेछ । सोहीअनुरुप प्रदेश १ का १४ वटै जिल्लामा छनौट भइरहेको छ । 

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा १६ वटा खेलमा सहभागिता जनाएको ओखलढुङ्गाले यसपालि भने २० वटा खेलमा सहभागिता जनाउन लागेको जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाका अध्यक्ष प्रवीण श्रेष्ठले बताए । 

श्रेष्ठका अनुसार जिल्लाबाट खेलाडी र अफिसियलसहित ३ सय जना प्रदेश छनौट प्रतियोगितामा भाग लिन आउनेछन् ।