सोलुखुम्बुः सोलुखुम्बु जिल्लामा हेपाटाइटिस ‘बी’ को सङ्क्रमणबाट हालसम्म २ जनाको मृत्यु भएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ । अस्पतालले जनाएअनुसार सङ्क्रमित ३ जनामध्ये २ जनाको ज्यान गएको हो ।
अस्पतालका सूचना अधिकारी सानी शेर्पाका अनुसार १ जना सङ्क्रमितको उपचार भइरहेको छ । सोलु हेल्थ केयर सेन्टर, सोलुका डा. राजेन्द्र बस्नेतका अनुसार हेपाटाइटिस ‘बी’ मानिसमा मात्र लाग्ने हेपड्ना समूहको डिएनए भाइरसबाट सर्ने रोग हो ।
बस्नेतका अनुसार जिल्लामा एचआइभी एड्सका सङ्क्रमित व्यक्ति कोही पनि फेला परेका छैनन् ।