ताप्लेजुङ्गः आसन्न नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगिताको लागि ताप्लेजुङ्गले तीन वटा खेलको छनौट सम्पन्न गरेको छ ।
प्रदेश खेलकुद विकास बोर्डले भदौ ५ गतेदेखि १० गतेसम्म प्रदेशका १४ वटै जिल्लामा जिल्ला छनौट गर्न निर्देशन दिएसँगै जिल्लाहरुले नवौँ राष्ट्रि«य खेलकुद प्रतियोगितामा जानका लागि जिल्ला छनौटमा सक्रियता जनाएका हुन् ।
जिल्ला खेलकुद विकास समिति ताप्लेजुङ्गका अध्यक्ष नरेन्द्रकुमार लिम्ब”का अनुसार मंगलबारसम्म ताप्लेजुङ्गमा बुद्धिचाल, टेबल टेनिस र फुटबलतर्फ महिला र पुरुष दुवैको छनौट सकिएको छ । जिल्लामा छनौट भएका खेलाडीहरु प्रदेशमा आयोजना हुने वृहत खेलकुद प्रतियोगितामा सहभागी भएपश्चात् छनौट भएर प्रदेश १ को प्रतिनिधित्व गर्दै नवौँ राष्ट्र्रिय खेलकुदमा जानेछन् । नवौँ राष्ट्रि«य खेलकुद प्रतियोगिता असोजको २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने कार्यतालिका सार्वजनिक भएको छ ।