इटहरीः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले आगामी हिउँद महिनामा हावाबाट बिजुरी बालेर देखाउने संकल्प अघि सारेका छन् ।

मंगलबार आफ्नो सामाजिक सञ्जालमा बोल्दै साम्पाङ्गले वर्षामा पानीबाट बिजुली निकालेर बालेको र अब हिउँदमा हावाबाट बिजुली निकालेर बाल्ने बताएका हुन् ।

आफूसँगै जनताको साथ पाएपछि हजारौँको श्रमदान र सहयोगबाट खोलाको पानी ट्याङ्की र घरघरसम्म ल्याउन सफल भएका मेयर साम्पाङ्गले अब भने हावाबाट पनि बिजुली निकालेर उदाहरण प्रस्तुत गर्ने संकल्प लिएका हुन् ।

धरानलाई प्रविधिमैत्री बनाउन राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा खोल्ने बताएका मेयर साम्पाङ्गले बैज्ञानिक डा महावीर पुनलाई राजधानी पुगेरै भेट गरेका थिए ।

298914145_604361221396748_372884095309529226_n