इटहरीः नेकपा माओवादी केन्द्र इलाम जिल्ला कमिटिले आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनले सम्मानजनक स्थान नदिए एकल उम्मेदवारी दिने भएको छ ।

जिल्ला कमिटिले एकल उम्मेदवारी दिनुपर्ने अवस्थामा पार्टीले अघि सार्ने सम्भावित उम्मेदवारको पनि टुङ्गो लगाएको छ । जिल्लाको दुई ओटा प्रतिनिधिसभा र चार ओटा प्रदेशसभा सदस्यको सिटमा उठाइने सम्भावित उम्मेदवारको टुङ्गो लगाइएको हो । कमिटिको निर्णयअनुसार प्रतिनिधिसभा इलाम क्षेत्र नं १ मा जिल्ला अध्यक्ष विजय खम्बू उम्मेदवार बन्ने भएका छन् । त्यसैगरी क्षेत्र नं २ मा पार्टीका केन्द्रीय सदस्य एवम प्रदेश नं १ का प्रदेश सांसद धिरेन्द्र शर्मा (रमण) को उम्मेदवारी पर्ने भएको छ ।

त्यसैगरी प्रदेशसभामा इलाम क्षेत्र नं १ को (क) मा गञ्जबहादुर प्रधान र प्रदेशसभा इलाम क्षेत्र नं १ (ख) मा छविलाल आचार्य (प्रवाश) मैदानमाा उत्रनेछन् । त्यसैगरी इलाम क्षेत्र नं २ (क) मा कुमार बराइली (अनिल) र क्षेत्र नं २ (ख) मा कान्छा लावतीलाई उठाउने निर्णय गरिएको पार्टीले जनाएको छ ।