झापाः नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगिताको लागि झापा जिल्लाले आफ्नो जिल्लाको प्रतिनिधित्व गर्ने प्रदेशस्तरीय वृहत प्रतियोगितामा सहभागि हुने खेलाडी छनौट खेलको शनिबार भव्य उद्घाटन गरेको छ ।
झापाको चन्द्रगढीस्थित मेची रंगशालाको कभर्ड हलमा भएको एक कार्यक्रमका बीच प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले प्रतियोगिताको उद्घाटन गरेका हुन् । झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर वडा नम्बर ६ का वडाअध्यक्ष मनोज सुव्वा, उद्योग वाणिज्य संघ प्रदेश नम्बर १ का अध्यक्ष टिकाराज ढकाल लगायतका उद्योगीहरु त्था स्थानीय लव्धप्रतिष्ठित व्यक्तिहरुका साथै खेलाडीहरुको सहभागिता रहेको थियो ।
जिल्ला छनौट कार्यक्रममो उद्घाटन गर्दै प्रदेश खेलकुद विकास बार्डका सदस्यसचिव वाग्लेले प्रदेशको लागि मेडल ल्याउने खेलाडीले प्रदेश सरकार र खेलकुद विकास बोर्डको तर्फबाट राम्रो पुरस्कार पाउने बताए । उच्च मनोबलका साथ खेलमा सहभागी हुन र जिल्ला छनौटमा सफल बन्न साथै प्रदेशको छनौटमा समेत सफल भएर राष्ट्रि«य खेलबाट प्रदेशका लागि मेडल ल्याउन सदस्यसचिव वाग्लेले खेलाडीहरुलाई आग्रह गरे । रंगशाला र खेलको लागि तयार रहेको कभर्ड हलको अवस्था हेर्दा आफूलाई दुःख लागेको बताउँदै सदस्यसचिव वाग्लेले प्रदेश सरकारले उचित बजेटको व्यवस्था गर्नेमा आफूहरु आशावादी रहेको बताए ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका प्रदेश १ अध्यक्ष टिकाराज ढकालले खेलकुदका क्षेत्रमा समेत उद्योगी व्यापारीहरु सहकार्य गर्न तयार रहेको बताए । रंगशालाको स्तरोन्नतिमा ध्यान दिन बोर्डका पदाधिकारीलाई ढकालले आग्रह गरेका थिए । जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष गंगा भुर्तेलले स्वागत गरेको कार्यक्रममा जिल्ला अध्यक्ष प्रशान्त भण्डारीले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । कार्यक्रम जिल्ला खेलकुद विकास समितिका सचिवालय सदस्य दुर्गा निरौलाले सञ्चालन गरेका थिए ।
प्रदेशस्तरीय वृहत छनौट प्रतियोगिताको तयारीका लागि प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव वाग्लेसहित सदस्यहरु श्ैलेशकुमार बिष्ट, प्रदीप भगत, क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख चण्डिका बास्तोला, निर्देशक उषा कर्ण चौधरी लगायतको समेत उपस्थिति रहेको थियो । जिल्ला छनौट प्रतियोगिताको उद्घाटनमा झापाका कराँते प्रशिक्षक कालु मेचे, विभिन्न खेलसँग सम्बन्धित सँस्थाका पदाधिकारी तथा प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।
जिल्ला छनौट खेलको कार्यक्रममा झापा पुगेका प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव वाग्लेले मेची रंगशालामा खोखो, आर्चरी तथा कबड्डी खेलको प्रदर्शनी अवलोकन गरेका थिए भने जिल्लाकै मेचीनगर ४ बाहुनडाँगीमा सुरु भएको जिल्लास्तरीय भलिबलको छनौट खेलको समेत अवलोकन गरेका थिए । भलिबल खेलको अवलोकन गर्ने क्रममा सदस्यसचिव वाग्लेले आफू पनि राष्ट्र्रिय भलिबल खेलाडी रहेको स्मरण गर्दै खेलाडीलाई शुभकामना प्रदान गरे । त्यसैगरी कार्यक्रममा अतिथिको रुपमा रहेका मेचीनगर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले आफ” वडाध्यक्ष रहुञ्जेलसम्म हरेक वर्ष जिल्लास्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्ने बताए । त्यसमा प्रदेश खेलकुद विकास बोर्डले सहकार्य गर्ने बोर्डका सदस्यसचिव वाग्लेले बताए ।