झापाः प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ का सदस्यसचिव हंशराज वाग्लेले प्राविधिक टोलीसहित झापाका विभिन्न खेलमैदानको स्थिति अवलोकन तथा निरीक्षण  गरेका छन् । 

बोर्डका सदस्य शैलेशकुमार बिष्ट, प्रदीप भगत, क्षेत्रीय खेलकुद विकास समितिकी निर्देशक उशा कर्ण र कार्यालय प्रमुख चण्डिका बास्तोलाको टोलीले झापा जिल्लाका विभिन्न खेलमैदानको अवस्था र आसन्न नवौँ राष्ट्रिय खेलकुद छनौट प्रतियोगिता आयोजना गर्न सक्ने सम्भावनाबारे अध्यन गर्न निरीक्षण गरेको हो । खेलकुद विकास बोर्डको टोलीले झापाको चन्द्रगढीमा रहेको मेची रंगशाला, सोही रंगशालासँगै रहेको कभर्ड हलको निरीक्षण गरेको छ ।

299991372_414011670823564_1397012949008642298_n

निरीक्षणकै क्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, उपाध्यक्ष गंगा भुर्तेल, सचिवालयका दुर्गा निरौला, तथा सदस्य जगन कार्की सहितका पदाधिकारीले जिल्लाको खेलकुद गतिविधिका बारेमा बोर्डका पदाधिकारीलाइ जानकारी गराएका थिए भने झापा जिल्लामा आफूहरुले गराउन सक्ने खेलकुद प्रतियोगिताको बारेमा समेत ध्यानाकर्षण गराएका थिए । मेची रंगशालाको कभर्ड हलमा उसु र कबड्डीका साथै खो खो खेलको प्रदर्शनी गरी बोर्डको सदस्यहरुको टोलीलाई देखाइएको थियो । खेलाडीको उच्च सम्मान गर्दै प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंशराज वाग्लेले बोर्डले खेलाडीको हितमा काम गरिरहेको बताउँदै प्रदेशको लागि मेडल ल्याउने खेलाडीलाइ राम्रो पुरस्कारसहित सम्मान गर्ने बताए । 

299791639_1420539765109517_519721171742382571_n

खेलकुद विकास बोर्डको टोलीले जिल्लाको मेचीनगर नगरपालिकामा रहेको मेची सामुदायिक भवनको समेत निरीक्षण गरेको छ । यसैगरी, काकडभिट्टाको खेलमैदानमा क्रिकेट खेलको समेत निरीक्षण गरेको छ भने त्यहाँ क्रिकेट खेलिरहेका खेलाडीहरुलाइ समेत सदस्यसचिव वाग्लेले सम्बोधन गरेका छन् । कृकेट खेलाडीलाइ सम्बोधन गर्दै सदस्यसचिव वाग्लेले कृकेटमा अग्रणी भूमिका खेलेको झापाले प्रदेशको लागि मेडल ल्याउने आशा व्यक्त गरे ।