इटहरीः सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दीर्घकालीन योजना बनाएर कोसी समस्या समाधान गर्ने आश्वास दिएका छन् ।

सुनसरीको वराहक्षेत्र ६ र ९ स्थित श्रीलङ्का टापुमा रहेको कोसी पीडितको अवस्था निरीक्षण गर्न आएका उनले कोसी समस्या समाधान गर्ने बताएका हुन् ।

कोसी कटानबाट क्षति भएको  क्षेत्रलाई सरकारले सङ्कटग्रत क्षेत्र घोषणा गरेर स्थायीवासीको समस्या समाधानका लागि योजना बनाउन लागि परेको उनको भनाइ छ ।

सप्तकोसी नदीबाट  स्थानीयवासीले विभिन्न किसिमको समस्या भोग्दै आएकाले त्यसलाई अब दीर्घकालीन रुपमा समाधान गर्न सरकारले योजना बनाएर अघि बढ्ने मन्त्री कार्कीले बताएका हुन् ।