बिर्तामोडः झापाको बिर्तामोडमा सम्पन्न  प्रदेशस्तरीय भेलाले नेकपा एकीकृत समाजवादीनिकट नेपाल आदिवासी जनजाति महासंघको प्रदेश कमिटी र घटक संगठन नेपाल राजबंशी र नेपाल धिमाल संघको केन्द्रीय कमिटी गठन गरेको छ । 

भेलाले तेह्रथुम जिल्ला समन्वय समितिका सभापति सुमन शाक्यको अध्यक्षतामा कमिटी गठन गरेको छ । सोही भेलाले झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने राजबंशीहरुको केन्द्रीय कमिटी पनि गठन गरेको छ । जसको अध्यक्षमा झापाका प्रभु राजवंशीलाई चयन गरेको छ । त्यसैगरी, सोही भेलाले पुर्वी नेपालमा बसोबास गर्ने धिमाल समुदायलाई सम्बोधन गर्न नेपाल धिमाल संघको केन्द्रीय कमिटी गठन गरेको छ । जसको केन्द्रीय अध्यक्षमा झापाका प्रदीप धिमाल चयन भएका छन् । 

300125238_632497898185553_8436073016966173345_n

संघीय सरकारका स्वास्थ तथा जनसंख्या मन्त्री भवानी खापुङको प्रमुख आतिथ्यमा भएको भेलालाई सम्बोधन गर्दै मन्त्री खापुङले अझै पनि आदिवासी ÷ जनजातिहरुले पूर्ण अधिकार पाउन नसकेको उल्लेख गरे । उनले आदिवासी ÷ जनजातिहरुले बिद्रोहको नेतृत्व गरेको स्मरण गर्दै संघीय गणतन्त्रले पनि यो समुदायलाई न्याय दिन नसक्नुको कारणले देशको उन्नति हुन नसकेको टिप्पणी गरे । भेलालाई महासंघका महासचिव चन्द्र तामाङ, नेकपा एकीकृत समाजवादीका प्रदेश न १ अध्यक्ष बलदेव चौधरी र झापा जिल्ला उपाध्यक्ष प्रत्युस रानाले सम्बोधन गरेका थिए । यसअघि हिजो मात्र एक अलग्गै कार्यक्रममार्फत् लिम्बू, राई र मेचे जातिका तीन वटा केन्द्रीय कमिटी बनेको नेकपा एकीकृत समाजवादी झापाका प्रचार बिभाग प्रमुख तीर्थ सिग्देलले जानकारी दिए ।