इटहरीः सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानको विकासका लागि विद्यालयमा अध्ययनरत विद्यार्थीबाट श्रमदान लिइने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै उनले अब धरानका सबै विद्यालयले अनिवार्य श्रमदान गर्नुपर्ने नियम लागु गरिने बताएका हुन् ।

देशको माटो सबैलाई छुन लगाउनुपर्ने धारणासमेत मेयर साम्पाङले व्यक्त गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘अब उप्रान्त सबै विद्यालयहरुले धरानकोे विकासमा अनिवार्य श्रमदान गर्ने नियम लागु गरिनेछ । किताबी किरा बनेर मात्रै हुन्न । माटो छुन लगाउनुपर्छ । देशको माया होस् न सबैलाई ।'

पछिल्लो समय मेयर साम्पाङकै सक्रियतामा धरानका विभिन्न विकास निर्माणका गतिविधिमा धरानका नागरिकले स्वतःस्फुर्त रुपमा श्रमदान गरिरहेका छन् ।

school students shuld touch the  soil.