इटहरीः धरानका मेयर हर्क साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई घोचपेच गर्दे स्टाटसको दोहोरी चलिरहेको बेला मेयरको अर्को स्टाटसले फेरि चर्चा कमाएको छ ।
बिहीबार साँझ धरानका मेयर साम्पाङ्गले ‘फोहोरसम्म सोहोर्न नसक्नेले के फुइँ लगाउनु बेकारमा’ भन्दै अर्को व्यंग्यको झटारो हानेका छन् ।
बुधबारदेखि बालेनलाई लक्षित गर्दै स्टाटसहरु सार्वजनिक गर्दै आएका साम्पाङ्गले काठमाडौँको फोहोर आफू आएपछि मात्र उठाउन सुरु गरेको स्टाटस लेखेपछि चर्चा सुरु भएको थियो ।
उक्त स्टाटसपछि हर्कले बालेनविरुद्ध स्टाटसको वर्षा नै गरेका छन् फोहोर ठेगान लगाएर बल्ल कुरा गर्नु है! हावा गफ होइन काम चाहिएको छ जनतालाई !’ भन्दै बालेनविरुद्ध हर्कले व्यंग्य गरेका छन् ।
दुई मेयरको दोहोरीपछि सामाजिक सन्जालमा हर्कलाई सुझावको आइरो छ । धरैले स्टाटस बढी भएको भन्दै प्रतिक्रिया दिएका छन् भने कतिले दुवै स्वतन्त्र भएकाले मिलेर जानुपर्ने प्रतिक्रिया दिएका छन् ।