इटहरीः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले काठमाडौँको फोहोरले गर्दा उपमेयर अइन्द्रविक्रम बेघा बिरामी भएको बताएका छन् ।

शुक्रबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा मेयर साम्पाङ्गले भर्खरै आफूहरुले गरेको काठमाडाँै भ्रमणलाई इङ्गित गर्दै काठमाडाँैको फोहोरले गर्दा उपमेयर बिरामी भएर अहिलेसम्म उठ्न नसकेको बताएका हुन् । मेयर साम्पाङ्गले लेखेका छन्, ‘काठमाडौ भ्रमण मेरा लागि त ठीकै भयो तर उपमेयरज्यु फाहोरले गर्दा बिरामी हुनुभयो अब यसको क्षतिपूर्ति कसले दिने होला लु हासुङ्ग।’

राजधारीमा थुप्रिएको फोहोरको विषयमा व्यग्य गर्दै गर्दा मेयर साम्पाङ्ग र काठमाडौका मेयर बालेन्द्र साहबीच दोहोरी नै चलेको थियो । उनीहरु दुवैले एक अर्कालाई घोच्नेगरी फेसबुकमा कमेन्टको वर्षा गरेपछि सञ्जाल नै तातिएको थियो ।

harka status.