इटहरीः प्रदेश नम्बर १ खेलकुद विकास बोर्डले नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगितालाई लिएर खेलकुदसँग सम्बन्धित संघ तथा सँस्थाहरुसँग बिहीबार छलफल कार्यक्रमको आयोजना गरेको छ । 

आसन्न नवौँ राष्ट्र्रिय खेलमा के कसरी बढी मेडल हात पार्न सकिन्छ र कसरी जिल्ला छनौट तथा प्रदेश छनौट प्रतियोगिताको सफल आयोजना गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न खेल संघ तथा सँस्थाहरुलाई बोर्डले छलफलमा बोलाएको हो । बोर्डले नवौँ राष्ट्र्रिय खेलमा सहभागिता जनाउने विभिन्न खेल तथा बोर्डका गतिविधिलाई लिएर संघसँस्थाहरुसँग छलफलको आयोजना गरेको जनाएको छ ।

छलफल कार्यक्रममा विभिन्न खेलका संघसँस्थाका ६० जनाभन्दा बढी पदाधिकारीहरुको उपस्थिति रहेको थियो । छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रलायका सचिव दीर्घराज मैनाली, प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्ले, बोर्डका सदस्यहरु शैलशकुमार बिष्ट, रोशनी राई, क्षेत्रीय खेलकुद विकास समितिका उपनिर्देशक विमल पोखरेल, कार्यलय प्रमुख चन्डिका बास्तोला लगायतको उपस्थिति रहेको थियो । 

299712234_763834881519195_6159739898426447212_n

नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनको लागि प्रदेश १ ले आगामी भदौ ५ गते आइतबारबाट जिल्ला छनौट सुरु गर्ने भएको छ ।  आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि जिल्ला जिल्लाबाट खेलाडी छनौट गरिने भएको हो । राष्ट्र्रिय प्रतियोगितामा भाग लिने खेलाडीहरको छनौटका लागि पहिला जिल्ला छनौट गरिने र जिल्ला छनौटबाट आएका खेलाडीहरुलाई प्रदेशमा वृहत छनौट प्रतियोगिताको आयोजना गरी छनौट गरिने प्रदेश नम्बर १ खेलकुद विकास बोर्डले बताएको छ । 

300070969_633570661719814_991660725080190130_n

प्रदेश छनौट प्रतियोगिता आगामी भदौ १६ गतेदेखि भदौ ३० गतेसम्म प्रदेशका १४ वटै जिल्लामा सन्चालन गरिने बताइएको छ । नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ बाट लगभग सबै विधामा खेलाडीहरूले भाग लिनेछन् । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नम्बर १ ले ९ स्वर्ण, २० रजत र ५९ कांस्य पदक ल्याएर ७ औँ स्थान ओगटेको थियो । यसपालि ७ प्रदेशका ७ टिम, ३ वटा विभागीय टिम र एनआरएनए गरी ११ वटा टिमले राष्ट्र्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने छन् ।