इटहरीः सुनसरीको हरिनगरा गाउँपालिकाका अध्यक्ष हाजी अफार अन्सारीले सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का समस्याबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग भेतवार्ता गरेका छन् ।

ब्ुाधबार भएको भेटवार्तामा गाउँपालिका अध्यक्ष हाजी गफार अन्सारीले वर्तमान राजनीतिक अवस्थाको जानकारी गराउँदै क्षेत्र नम्बर ४ को दक्षिणी भेगका जनताहरुको समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । अन्सारीले सुनसरी खोलाबाट वर्षेनी पस्ने बाढीले गाउँबस्ती डुबान र एक दशकदेखि सुकसेना नहरको अवस्था दयनीय रहेकोले उच्च प्रविधिको सुकसेना नहरको स्तरोन्नति गरी किसानहरुलाई खेतमा सिँचाइको व्यवस्था गर्न लिखित माग राखेका छन् ।

297420344_869145347398649_8982267787835364172_n

गाउँपालिका अध्यक्ष अन्सारी साथमा नेपाली काँग्रेसका युवा नेता डा.अबुल हुसेन अन्सारी, पालिका उपाध्यक्ष रिमझिम भगत ,पालिका सदस्य सुशील ठाकुर, पत्रकार ताविल अन्सारी, अधिवक्ता इन्द्र पोखरेल, पत्रकार टोमराज मेहता र स्थानीय युवा नेता रविन्द्रकुमार मेहता समेतको सहभागिता रहेको थियो ।

299588038_1310970782768806_5958955751928893093_n