हरीः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले सय दिनमा आफूले गरेको कामको विवरण सामाजिक सञ्जालमार्फत् बिहीबार सार्वजनिक गरेका छन् ।

‘१०० दिनमा के गरिस तैँले भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर’ भन्दै मेयर साम्पाङ्गले तेह्र बुँदामा आफ्नो कार्यविवरण निकालेका छन् । मेयरले नेपालमा श्रम सँस्कृतिको क्रान्ति सुरु गरेको बताएका छन् भने ४ ठाउँबाट खानेपानीको मुहान थपेको बताएका छन् । व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाउँदै ६ लाख बिरुवा रोपेको मेयर साम्पाङ्गको भनाइ छ । आफू मेयर बनेर धरान उपमहानगरमा आएपछि सरसफाइमा देखिने सुधार गरेको, प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएको दाबी पनि मेयरको छ ।

mayor harka briefing.

सैगरी, साम्पाङ्गले जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालेको कुरालाई पनि सफलतामा जोडेका छन् भने बाटो मर्मतसम्भार तथा तटबन्धन र विपद व्यवस्थापनमा समेत काम सुरु गरेको उल्लेख गरेका छन् । लागुऔषध विरुद्धको अधियान सुरु गरेको पनि उनले बताएका छन् । यसैगरी, मेयरले योजनाहरुको लागि बजेटको जोहो गराएको बताएका छन् भने पारदर्शी हिसाबकिताब सार्वजनिक गरेको, पालिका सेवामा तिव्रता र प्रष्टता ल्याएको र शिक्षा स्वास्थ्य सँस्थाहरुमा सुधार ल्याएको दाबी गरेका छन् । गठबन्धन दलबाट मेयरका उम्मेदवार बनेका किशोर राईलाई पाँच हजारभन्दा बढी मतले हराउँदै साम्पाङ्ग उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।