इटहरीः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्दु खोलामा श्रमदान गर्न निम्तो दिएका छन् । 

मंगलबार उपमेयर अइन्द्र बिक्रम बेघासँग प्रचण्ड निवास खुमलटार पुगेका मेयर साम्पाङले प्रचण्डलाई सर्दु खोलामा श्रमदान गर्नका लागि निम्तो दिएका हुन् । 

मेयर साम्पाङले आफ्नो आधिकारीक फेसबुक पेंज हर्क साम्पाङ ए रेभ्युलुसनमा लेखेका छन्‘ आज प्रचण्डसंग भेट भयो, मैले वहाँलाई सर्दु खोलामा श्रमदान गर्न आउने निम्तो दिएँ । वहाँले ‘‘हुन्छ’’ भन्नु भो । हेरौँ कहिले आउनु हुन्छ !  

भेटमा उनले कोशीबाट पानी ल्याएर धरानवासीलाई खुवाउने लगायत विकास निर्माणका अन्य बिषयमा पनि प्रचण्डलाई आवश्यक सहयोगका लागि आग्रह गरेका छन् । 

299046632_1946904512166299_7808819376517746988_n