इटहरीः सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमााडौँमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् ।

एन एण्ड जे इन्टरटेनमेन्ट एन.वाई.इन्क अमेरिकाले उनलाई लोकप्रिय युवा नेता पुरस्कारबाट सम्मान गरेको हो । नगद २५ हजार रुपैयाँका साथमा सम्मानपत्रबाट उनलाई सम्मान गरिएको हो ।

यो पुरस्कार स्व. अर्जुनप्रसाद प्रसाईंको नामबाट स्थापना गरिएको हो । साम्पाङलाई काठमाडौँ प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा आयोजित एक समारोहका बीच प्रतिष्ठानका कुलपति कूलपति गंगाप्रसाद उप्रेतीले सम्मानपत्र र पुरस्कार राशी प्रदान गरेका थिए ।

धरानको जनप्रतिनिधिका रुपमा समाजलाई पुर्याएको विशिष्ट योगदानको कदर गर्दै सम्मान गरिएको कुलपति उप्रेतीले बताए ।