धरानः धरान ८ स्थित यलम्वर खेल मैदान सँस्थामा दश वर्ष पछि पूर्वब्रिटिस गोर्खा सैनिक क्याप्टेन अम्मरबहादुर पन्धाक लिम्बूको नेतृत्वमा सात जनाको नया कार्यसमिति चयन भएको छ ।

यही वैशाख १० गते साधरणसभाबाट नयाँ कार्यसमिति चयन भएपनि केही दिनअघि मात्र नयाँ कार्यसमितिको पदस्थापन भएको थियो । समितिमा सचिव विष्णुकुमारी लिम्बू, कोषाध्यक्ष मोतिबहादुर लिम्बू, सदस्यहरुमा कमल लुम्फङवा, रमेश राई, उत्तरकुमार राई र युगल लिम्बू रहेका छन् । कार्य समितिको दुई वर्ष कार्यकाल भए पनि लामो समयसम्म सँस्था निष्क्रिय भएपछि विशेष साधरणसभाको आयोजना गरी नयाँ कार्यसमिति चयन गरिएको सँस्थाका एक सदस्यले जानकारी दिए ।

धरान ८ स्थित सिद्धार्थ मार्गका स्थानीय तथा प”र्व ब्रिटिस गोर्खा सैनिकहरुको सहकार्यमा २०५१ सालमा समाजिक सँस्थाको रुपमा यलम्बर खेल मैदान सँस्थाको स्थापना भएको हो । सँस्थाले आर्थिक संकलन गरी करिब साढे तीन कट्ठा जग्गामा व्यावसायिक भवन र बास्केटबल कोर्ट निमार्ण गरेका छन् । सँस्थामा एक सय ७१ जना सदस्यहरु रहेका छन् । हाल भवनका कोठा न्यूनतम दरमा भाडामा लगाइएको छ भने खेल मैदानमा बास्केटबल र भलिबल खेल खेल्न मिल्नेछ । भवनको एक कोठामा जिम हलसमेत रहेको छ ।

20220816_082323

सँस्थाको विधान संशोधन गरी आवश्यकताअनुसार सँस्थामा कार्यसमिति सदस्य संख्या थप तथा सल्लाहकार नियुक्त गरी सँस्थालाई विभिन्न सामाजिक कार्यमा अग्रसर गराई चलायमान बनाउने साथै व्यावसायिकसमेत बनाइने नवनिर्वाचित अध्यक्ष क्याप्टेन अम्मरबहादुर पन्धाक लिम्बूले बताए । आप्mनो कार्यकालमा हाल व्यक्तिको नाममा रहेको जग्गालाई सँस्थागत बनाई सँस्थाको नाममा ल्याउने उनले बताए ।

यलम्बर खेल मैदान नभत्काइने, सेमी कर्भडहलको रुपमा स्तरोन्नति गरिने योजना

केही समयअघि व्यापक रुपमा सामाजिक सञ्जालमा यलम्बर खेल मैदानमा रहेको बास्केटबल कोर्ट भत्काइने हल्ला चले पनि नयाँ कार्यसमिति चयन भएपछि रोकिएको छ ।

बास्केटबल कोर्ट भत्काइने हल्ला चलेपछि ८ न. वडाका युवा तथा खेलाडीहरुले पम्प्लेटसहित खेल मैदानअगाडि विरोध जनाएका थिए । यसले सामाजिक सञ्जाल र खेलाडीहरुमा चर्चा पाउनुका साथै व्यापक रुपमा विरोधको तयारीसमेत भइरहेको थियो । तर नयाँ कार्यसमिति चयन हुनासाथ भत्काइने योजना नरहेको बताइएको छ ।

यति लामो समयसम्म सँस्थालाई निष्क्रिय राख्नुको साथै खेल मैदानमा विकृति बढ्दै गएपछि सँस्थाका सदस्य तथा लगानीकर्ताहरुमा खेल मैदान नै भत्काइनुपर्ने वा बेच्नुपर्ने कुरा उठेको वर्तमान अध्यक्ष क्याप्टेन अम्मरबहादुर पन्धाक लिम्ब”ले बताए । अबका दिनमा सँस्थालाई चलायमान बनाउने, सामाजिक कार्यहरुमा अग्रसर गराइनुका साथै सँस्थाको भौतिक सम्पतिलाई व्यावसायिक बनाउने योजना रहेको उनले बताए ।

20220815_232948

खेल मैदानलाई स्तरोन्नति गर्दै खेल मैदान क्षेत्रमा ट्र्रस्ट लगाएर सेमी कर्भडहलको रुपमा विकास गर्ने, चेन्जिङ्ग रुम र शौचालय तथा स्नानकक्षलाई सुधार र निर्माण गरिने योजना रहेको अध्यक्षले जानकारी गराए । निर्माण संपन्न भएपछि सँस्थाले वार्षिक रुपमा बास्केटबल र भलिबल खेलको प्रतियोगिता आयोजना गर्ने योजना रहेको छ । खेलाडीहरुले प्रशिक्षणका लागि तथा खेल्नका लागि वार्षिक रुपमा अनिवार्य सदस्यता लिनु पर्नेछ, जसले गर्दा खेलाडी अनुशासित र उत्तरदायी हुनेछन् । खेल मैदानको हललाई कार्यक्रमका लागि सर्वसाधरणलाई भाडामा लगाएर आर्थिक रुपमा बलियो बनाइने योजनासमेत रहेको अध्यक्ष पन्धाकले बताए । अध्यक्ष लिम्ब” धरान १८ स्थित डिपो आदर्श बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्षसमेत हुन् ।