इटहरीः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीलाई भोट दिएर जिताए देशमा चुस्तदुरुस्त प्रशासन सञ्चालन गरेर देशको सुधार गर्ने वाचा गरेका छन् ।
सोमबार इटहरीको इम्पेरियल होेटलमा आयोजित पार्टीको प्रदेश १ भेलालाई सम्बोधन गर्दै लामिछानेले देशमा अन्याय परेको मान्छे कहाँ जाने भन्ने ठाउँ नै नभएकोले अब अन्याय पर्दा आउने ठाउँ सरकार हो भन्ने बनाउन आफ” राजनितीमा होमिएको बताए ।
‘एउटा सामान्य टेलिभिजनमा काम गर्दा त धेरैलाई सेवा गर्न सकेँ भने तपाईँहरुले भोट दिएर तपाईँहरुको समस्या सुन्ने ठाउँमा पुर्याउनुभयो भने सानले तपार्इँको रवि एउटा छोरो छ भनेर निर्धक्क भन्ने अवस्था ल्याउँछु ।’ सम्बोधनका क्रममा लामिछानेले भने ।
नेताहरुले लामो समयदेखि देशलाई खोक्रो पारेको बताउँदै लामिछानेले आफ” नेतृत्वमा आउन सके कसैलाई छुट दिनुपर्ने अवस्था नभएको बताउँदै कारबाही गर्न खुट्टा नकमाउने वचनसमेत दिएका थिए । ‘मैले माया गर्नुपर्ने कोही छैन । छ भने तपार्इँहरु हो । चुस्तदुरुस्त प्रशासन बनाउँछु । त्यसैले आगामी निर्वाचनमा घरमा मात्र होइन, मतपत्रमा पनि घण्टी बजाउनुहोस् । म तपाईँहरुसँगै हुनेछु ।’ लामिछानेले भने ।
आफ”लाई आफ्ना समर्थकभन्दा पनि विरोधीहरु धेरै भएको लागेको भएता पनि जनताको स्वतःस्फुर्त उपस्थितिले हौसला बढाएको उनले बताए ।
यो देशमा के भएको छ र किन दलहरुलाई गाली गर्नुहुन्छ भन्नेहरुले आफ”ले टेलिभिजनमा बनाएका कार्यक्रमहरु हेर्नसमेत लामिछानेले आग्रह गरे ।
देशमा भएका कांग्रेस, एमालेजस्ता पार्टीहरु सत्तामा नहुँदा मात्र सरकारको विरोध गर्ने र सत्तामा भएको बेला केही पनि नगर्ने बताउँदै अब भोलिको पुस्ताको लागि पुराना पार्टी र नेतालाई जिताउन नहुने लामिछानेले बताए ।
नयाँ आएकाले केही गर्न सक्दैनन् भन्ने भाष्य तयार गरिँदै आएको बताउँदै लामिछानेले फोहोरको व्यवस्थापन गर्न नदिएर काठमाडौँमा बालेनलाई असफल बनाउने प्रयास भइरहेकाले कुनै हालतमा पनि बालेनलाई असफल पार्न आफ”हरुले नदिने बताए ।
प्रदेश १ भरिका विभिन्न जिल्लाबाट आएका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सोमबारै विभिन्न नगर, जिल्ला तथा प्रदेश कमिटि निर्माण गर्ने कार्यक्रमसमेत रहेको थियो । लामिछानेलाई सुन्न धरान रोड इटहरीमा रहेको इम्पेरियल होटलको सभाहल खचाखच थियो भने हलमा नअटेका सर्वसाधारण बाहिर टेन्टमा समेत खचाखच भएका थिए ।