धरानः नेपाल बसोबास बस्ती संरक्षण समाजले सुरु गरेको ‘देश जनता बचाउ’ अभियानमा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष अशोक राईले ऐक्यबद्धता जनाएका छन् ।

बुधबार देश र जनता बचाउ अभिायनको २९ औँ दिनको धर्नामा राईको पार्टीको पनि ऐक्यबद्धता रहेको छ । उनल भने, ‘अब सुकुम्बासीलाई ढाँट्न हुँदैन । धर्नामा ऐक्यबद्धता छ ।’ हामी जनताको साथमा छौँ ।’ उनले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गा धनीपुर्जा पाउने माग जायज भएको बताए ।

298138106_3058665851041932_7025793384336117339_n

उनले समाजको अभियानको विषय प्रतिनिधिसभामा उठाउने बताएका छन् । धर्नामा समाजका अध्यक्ष कुमार कार्कीले जनप्रतिनिधि र सबै भीआईपीहरूको सेवासुविधा हटाऊ, देश र जनता बचाऊ’ अभियान २९ औँ दिनमा पु्ग्दा पनि सरकारले नसुनेको बताए । उनले सरकारले अझै नसुने अभियान सिंह दरबारसम्म पुग्ने बताए ।

समाजले पूर्व भिआईपीहरुको सेवासुविधा हटाउनका साथै पेट्रोल प्रतिलिटर १ सय, डिजेल ७०, ग्यासको मूल्य १ हजार बनाउन पनि माग राखेको छ ।