धरानः धरान उपमहनागरपालिकाको कार्यपालिका बैठकले जलकुण्ड बनाउने निर्णय पारित गरेको छ ।
बुधबार कार्यपालिकाको धरानवासीलाई सुख्खा मौसममा पानीको व्यवस्थापन गर्नका लागि जलकुण्ड बनाउने निर्णय गरको हो । जलकुण्ड धरान २० स्थित बाँनियाटारमा निर्माण गर्ने निर्णय पनि गरेको छ । बैठकले साब’न फ्याक्ट्री खोल्ने निर्णय पनि गरेको उपमहानगरपालिकाका प्रवक्ता स”र्यबहादुर भट्टराई (मनोज) ले जानकारी दिए । बैठकले विद्यालयलाई कक्षा तथा विषय थपको अनुमति दिने निर्णय पनि गरेको छ । स्थानीय पाठ्यक्रम निर्माणको पारिश्रमिक निर्धारण व्यवस्थापन गर्ने निर्णय गरेको छ । यस्तै जथाभावी फोहोर गर्नेलाई सजाय गर्न अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।
प्रवक्ता भट्टराईका अनुसार दण्ड सजायको अधिकार नगर प्रहरीलाई प्रत्यायोजन गरिएको हो । सार्वजनिक खरिद नियमावली संशोधनको समयसम्म सङ्घीय नियमावलीका आधारमा काम गर्ने निर्णय पनि भएको छ । प्रशासनिक कार्यलाई व्यवस्थित गर्नका लागि कार्यसम्पादन सम्झौता पनि भएको छ । सम्झौता नगरप्रमुखले प्रमुख कार्यकारी अधिकृतसँग र अधिकृतले सम्बन्धित शाखा तथा महाशाखासँग गर्नुपर्दछ । साथै, सामी परियोजना नगरले सञ्चालन गर्ने, घर नक्सालाई व्यवस्थित बनाउन विद्युतीय प्रणलीमा लानेलगायतका १७ वटा निर्णय पास भएको प्रवक्ता भट्टराईले जानकारी दिए ।