इटहरीः नेपाल खेलकुद महासंघ समाजवादीको सुनसरी जिल्ला कार्यसमितिको आयोजनामा  सुनसरीको इटहरी रंगशालामा सोमबार वृक्षारोपण कार्यक्रम गरिएको छ  । 

वृक्षारोपण कार्यक्रमको उद्घाटन नेपाल खेलकुद महासंघ समाजवादीका संघीय अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य केशव कुमार बिष्टले गरेका थिए । नेपाल खेलकुद महासंघ समाजवादीका सुनसरी जिल्ला अध्यक्ष विकास बिष्टको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा सोमबार सिरिस, मसला, खयर लगायतका ५ प्रजातिका बिरुवाहरु रोपिएको थियो । 

tp3

 हरित रंगशाला बनाएर खेलाडी स्वस्थ वातावरणमा खेल खेल्न पाउन् भन्ने हेतुले रंगशालामा वृक्षारोपण गरिएको खेलकुद महासंघ समाजवादीका सुनसरी जिल्ला अध्यक्ष विकास बिष्टले जानकारी दिए । वृक्षारोपण कार्यक्रममा रामधुनी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष घनश्याम चौधरीको समेत उपस्थिति रहेको थियो । 

नेपाल खेलकुद महासंघ समाजवादीका सदस्य, नेकपा एकीकृत समाजवादी इटहरी उपमहानगर कमिटीका इन्चार्ज केवल फुयाँल, सहइन्चार्ज रमेश खत्री, अध्यक्ष गणेश बुढाथोकीलगायत सयभन्दा बढी खेलाडीहरुको कार्यक्रममा सहभागिता रहेको थियो । 

tp4

वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै खेलकुद महासंघका अध्यक्ष केशवकुमार बिष्टले खेल जगतलाई अगाडि बढाउन र इटहरी रंगशालालाई एक नम्बर रंगशाला बनाउन आफ्नो सहयोग सँधै रहने बताउँदै वृक्षारोपणको कार्यलाई निरन्तरता दिनुपर्ने बताएका थिए । 

महासंघले सोमबार मात्र ३ सयको हाराहारीमा बिरुवा रोपेको खेलकुद महासंघका सुनसरी अध्यक्ष विकास बिष्टले बताए ।