धरानः धरानको भानु चौकमा महङ्गीविरुद्ध निरन्तर चलेको आन्दोलनलाई एकीकृत समाजवादी धरानले सहयोग गरेको छ । 

नेपाल बसोबास बस्ती संरक्षण समाज केन्द्रको आयोजनामा भएको २६ औँ दिनको धर्ना कार्यक्रममा नेकपा एकीकृत समाजवादी धरान उपमहानगर कमिटीले ऐक्यबद्धता जनाउदै आन्दोलनलाई सहयोग गरेको हो ।

297438424_1381696645688107_7295037599326303146_n

नेकपा एकीकृत समाजवादी धरान अध्यक्ष रेवतीरमण राईले सुकुम्बासीहरुको स्थायी बसोबासको अधिकारको प्रत्याभूति र बढ्दो महङ्गी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।

धर्ना कार्यक्रम निरन्तर गर्ने संघीय अध्यक्ष कुमार कार्कीले बताउदै भीआईपी सेवासुविधाहरु तुरुन्त कटौती गर्नसमेत आन्दोलनको माग रहेको बताए । आन्दोलन दैनिक ४ बजेदेखि ५ बजेसम्म धरानको भानु चौकमा हुँदै आएको छ ।