इटहरीः आज र भोलि कोसी नदीको जलसतह केही घट्ने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यद्यपि, सतर्कता तह आसपासमै हुने  पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अपिलसमेत गरेको छ । वर्षाको सम्भावना रहेका जिल्लाका केही स–साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावसमेत हुनसक्ने पूर्वानुमान रहेकाले उक्त जिल्ला भई वहने स–साना नदीहरूका तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

कोसी नदीको बाँध फुटेर उदयपुरको बेलका नगरपालिकालगायत आसपासका क्षेत्रमा बसोबास गर्ने हजारौँ मानिस विस्थापित भएको अवस्थाका बीच कोसीको जलस्तर केही घट्न थालको हो ।