इटहरीः समाजवादी प्रेस संगठन नेपालको प्रदेश १ कमिटिले आफ्नो पहिलो विस्तारित बैठक बिहीबार धरान उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न गरेको छ ।

समाजवादी प्रेस संगठन नेपालका संघीय वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदी, संघीय महासचिव भूपराज खड्का तथा नेकपा एकीकृत समाजवादीका संघीय उपाध्यक्ष घनेन्द्र बस्नेत र पोलिटव्युरो सदस्य महेश रेग्मीको उपस्थितिमा सम्पन्न भेलाले भदौ महिनाभित्र प्रदेश र जिल्ला अधिवेशन गरिसक्ने निर्णय गरेको छ । 

बैठकले साउन महिनाभित्र सदस्यता अद्यावधिक गर्ने निर्णय गरेको छ भने प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम गर्नेसमेत निर्णय गरेको छ । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष तथा प्रदेश इन्चार्ज घनेन्द्र बस्नेतले उद्घाटन गरेको विस्तारित  बैठकमा समाजवादी प्रेस संगठनका प्रदेश इन्चार्ज तिर्थ सिग्देलले स्वागत गरेका थिए भने उपमहासचिव रामकुमार एलन, वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

296251838_786646232529330_5513247516712728399_n

२०७९ साउन मसान्तसम्म सदस्यता अद्यावधिक गरी प्रदेश तथा संघीय सचिवालयमा विवरण पठाइसक्ने, भदौ २५ गतेसम्ममा १४ वटै जिल्लाको अधिवेशन गर्ने, भदौ अन्त्यमा प्रदेश अधिवेशन गर्ने र  आगामी निर्वाचन केन्द्रित प्रचार कार्यशालासमेत सम्पन्न गर्ने निर्णय गरेको छ । प्रदेश १ का विभिन्न जिल्लाबाट सहभागी भएका जिल्ला कमिटिका पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ प्रदेश अध्यक्ष बन्धु पोखरेलले दिएका थिए । बैठकमा पार्टीको प्रचार विभागका सचिव प्रकाश खतिवडा तथा धरान उपमहानगर कमिटिका इन्चार्ज, अध्यक्ष लगायतको उपस्थिति रहेको थियो । 

296126296_802379737425490_3963073860707608183_n