झापाः एनआइसी एशिया बैंकले झापा गाउँपालिकाको वडा नम्बर २ स्थित झापा बजारमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सो शाखाको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले उद्घाटन गरेका हुन् ।

सो बैंकका अनुसार अब देशभर बैंकका २ सय ७० शाखा कार्यालय, २ सय ८५ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवंम् २० वटा शाखारहित बैंकिङ इकाई मार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ ।