इटहरीः धनकुटा साँगुरीगढी गाँउपालिका वडा नं. ६ फेदीबाट लागुऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटा शहीदभूमि गाँउपालिका ७ बस्ने २६ वर्षीय प्रदीप राई र सोही स्थानका अर्का एक जना बालक रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
हिजो मध्यान्ह १२ः०० बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा गुठ्ठीटारबाट भेडेटारतर्फ जाँदै गरेको को ३९ प ६५६७ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरुको साथबाट लागुऔषध गाँजा ५ किलोग्राम बरामद भएपछि उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।