इटहरीः धरान उपमहानगरपालिकाकी निवर्तमान उपमेयर मञ्जु भण्डारीले नगरप्रमुख हर्क साम्पाङ्गले बराह बचत तथा ऋण सहकारीका पीडितसँग जोडेर आफ्नो फोटो दुरुपयोग गरेको भन्दै साम्पाङलाई साइबर कानून सम्झाएकी छन् । 

नगरप्रमुख साम्पाङ्गले बराह बचत तथा ऋण सहकारी सँस्था पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीसँगै जोडिएको मञ्जु भण्डारी र नेकपा एमालेको लोगो अङ्कित फोटो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेपछि भण्डारीले आपत्ति जनाएकी हुन् । 

sushma add.

आफ्नो फोटो दुरुपयोग गरेर गलत प्रचार गरेको भन्दै उनले साइबर अपराधबारे जानकार हुन मेयर साम्पाङलाई सचेत गराएकी छन् ।  आइतबार बराह बचत तथा ऋण सहकारीका पीडितहरूले उपमहानगरपालिका घेराउ गरेपछि संयोजक खगेन्द्र नेपालीसहित आक्रोशित समूहले मेयरको कार्यकक्षको सिसा तोडफोड गरेपछि मेयर साम्पाङ आक्रोशित भएका थिए । 

आइतबार साँझदेखि मेयर साम्पाङ्गले राजनीतिक दाउपेचको आधारमा आफूमाथि आक्रमण गरिएको बताउँदै आएका छन् । स्थानीय निर्वाचनमा मेयरकी उम्मेदवार रहेकी भण्डारीका लागि मत मागेको खगेन्द्र नेपालीको फोटो आज बिहान साम्पाङ्गको फोसबुक पेजमा पोस्ट भएको थियो ।  

kasturi add.

साम्पाङ्गले ’कथित सङ्घर्ष समितिका संयोजक खगेन्द्र नेपाली ज्यूलाई धराने जनताको करोडौँ सलाम,’ लेखेर  फेसबुक पोस्ट गरेपछि साम्पाङ्गको पक्षमा ठूलो जनमत उभिएको थियो भने मञ्जु भण्डारीले भने आफू र नेकपा एमालेलाई लान्छित गरिएको भनेकी छन्  ।

भण्डारीले फेसबुकमा लेखेकी छन्, ‘…धरानका मेयर हर्क साम्पाङज्यू !! बराह पीडितहरूसँगका तपाईँका प्रसङ्ग जोडेर मेरो फोटो दुरुपयोग गर्ने र एमालेलाई लाञ्छित गर्ने काम किन गर्नुहुन्छ ? तपाईँलाई साइबर अपराधको बारेमा जानकारी नै नभएको त कसरी भनौँ ? नगर सरकारका प्रमुखले लोकप्रियताका नाममा होस गुमाउँदा नगरवासीको शिर निहुरिनेमा सजग बन्नुभयो भने मात्रै धरानवासीको मर्यादा उँचो हुने हो ।”