इटहरीः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले बराह सहकारी पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीले आइतबार भएको तोडफोडको नेतृत्व गरेको बताएका छन् ।
आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा खगेन्द्रले नेकपा एमलेकी मेयर प्रत्यासी मञ्जु भण्डारीलाई सूर्यमा भोट मागिरहेको तस्बिर सार्वजनिक गर्दै मेयर साम्पाङ्गले ‘बराह पीडितलाई उचालेर तोडफोडको अगुवाइ गर्ने समिति संयोजक खगेन्द्र नेपाली ज्युलाई धराने जनताको करोडौँ सलाम ।’ लेखेका छन् ।