इटहरीः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले बराह सहकारीको विषय लिएर अब नगरपालिका नआउन आग्रह गरेका छन् ।

नगरपालिकाले गर्न सक्ने र कार्यक्षेत्रभित्र भएको काम नगरपालिकाले गरिसकेको बताउँदै मेयर साम्पाङ्गले अब उप्रान्त बराहको विषय लिएर धरान उपमहानगरपालिकाको कार्यालयमा नआउन आग्रह गरेका हुन् । आइतबार पीडितहरुको समूहले मेयर साम्पाङ्गको कार्यकक्षमा तोडफोड गरेपछि साम्पाङ्गले अराजक गतिविधि गर्ने जो कोहीलाई कारबाही हुने बताएका छन् । आफूले गरिरहेको कामको चर्चा देशविदेशमा भइरहेको समयमा धरानको प्रगति देख्न नचाहनेहरुले आइतबारको हुलदङ्गा मच्चाएको साम्पाङ्गको ठहर छ ।

sushma add.

‘धरानलाई पछि पार्न केही तत्वहरु सल्बलाउन थालेका छन् । एक खालका तत्वहरु बराह बचत बचत तथा ऋण सहकारी सँस्थाको पीडित समूहमा पनि छन् । केही व्यक्तिहरु उक्साउन, होहल्ला गर्न गराउन लागिपरेका छन् । म पहिलो मेयर होला जो सहकारीले ठगेको समस्यासँग डिल गरिरहेको छु ।’ मेयरले भनेका छन् । होहल्ला र गालीगलौज गर्न लगाउनेहरु पनि त्यो समूहमा भएकाले बराहको साँच्चै पीडितले त्यस्ताको साथ छोड्न पनि साम्पाङ्गको अनुरोध छ ।

kasturi add.

294770254_446733597355172_5226103781784362112_n