इटहरीः संयुक्त खस क्षेत्री नेपाल प्रदेश १ समितिले प्रदेशको नाम सगरमाथा अथवा कोसी नराखे आन्दोलन गर्ने बताएको छ । 

बुधबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाउँदै संयुक्त खस क्षेत्री नेपाल प्रदेश १ कमिटिले सबैलाई समेट्नेगरी प्रदेशको नाम कोसी अथवा सगरमाथा नै ठीक भएको बताएको हो । 

ज्ञापनपत्रमा भनिएको छ ‘यदी कतैबाट नियमसम्मत ढंगबाट कार्यसम्पादनमा बेतिथि गरिन्छ भने यो संयुक्त खस क्षेत्री नेपाल विरोधको आवाज बुलन्द गर्न कदापि पछि पर्ने छैन ।’

खस क्षेत्री नेपालले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने माग गरेको छ  । सगरमाथा नभए त्यसको विकल्पमा कोसी राख्नुपर्ने माग छ । यदी कुनै जाति वा समप्रदायको आधारमा प्रदेशको नाम राखे समाजमा द्न्द्व सिर्जना हुने बताउँदै खस क्षेत्री नेपालले जातिको नामबाट प्रदेशको नामकरण हुन नहुने बताएको छ । 

प्रदेशको नामकरण गर्दा इतिहास हेरिनुपर्ने र जातिको आधारमा अघि बढ्दा प्रदेश एक मिश्रित जातजाति भएको समाज भएकाले यसको आधारमा नामकरण सम्भव नभएको निष्कर्ष खस क्षेत्री समाजले निकालेको छ । जातीय द्न्द्व ल्याउन सक्ने र स्थायी विवाद ल्याउन सक्ने भएकाले नामकरणका विषयमा प्रदेश १ का जनता साँच्चै बुद्धिमान रहेछन् भन्ने चर्चा रहोस भन्दै ज्ञापनपत्रमा एक जाति र एक सभ्यताको विशेष सम्मान गर्दा अन्यको अपमान हुने कुराको विरोधसमेत गरिएको छ । ज्ञापनपत्रमा संयुक्त खस क्षेत्री नेपाल प्रदेश १ का अध्यक्ष देशवन्धु कार्कीले हस्ताक्षर गरेका छन् ।

295343687_1118426705689365_8608037279763125274_n

296225739_568868844960002_724572490573223240_n