इटहरीः नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको इटहरी उपमहानगर कमिटीले इटहरीका मेयर हेमकर्ण पौडेललाई गठबन्धन दललाई बेवास्ता नगर्न आग्रह गरेका छन् ।

पार्टीका नगर अध्यक्ष गणेश बुढाथोकी, इटहरी सहइन्चार्ज रमेश खत्री, सचिव वसन्तकुमार श्रेष्ठ, पार्टीका नेता गौरीमान परियार तथा वडा नम्बर ४ का झलक वन लगायतको टोलीले मङ्गलबार मेयर हेमकर्ण पौडेललाई भेटेको थियो । भेटमा पार्टीका तर्फबाट ध्यानाकर्षणपत्रसमेत मेयर पौडेललाई हस्तान्तरण गरिएको इटहरी सहइन्चार्ज खत्रीले प्रदेश पोर्टललाई जानकारी दिए । 

नगर अध्यक्ष र सचिवको हस्ताक्षर रहेको ध्यानाकर्षणपत्रमा गठबन्धन दलको तर्फबाट मेयरमा निर्वाचित भएकोमा पौडेललाई बद्याइ दिँदै गठबन्धन दलका तर्फबाट निर्वाचनताका प्रस्तुत गरिएको संकल्पपत्रमा उल्लेखित बुँदाहरुको कार्यान्वयनका साथै गठबन्धनको सँस्कृतिलाई तार्किक रुपमा अगाडि बढाउँदै समुन्नत इटहरी निर्माणमा सहमति , सहकार्य र एकताको सँस्कारको थालनी हुनेछ भन्ने अपेक्षा रहेको जनाइएको छ । 

295512694_1260879674749610_2107050046707589158_n

त्यसैगरी, नेकपा एसले ध्यानाकर्षणपत्रमार्फत् नै स्थानीय सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न विभिन्न समितिहरु निर्माण तथा गठन गर्दा हालसम्म आफूलाई जानकारी नगरेको बताउँदै नगरपालिकाभित्र बनाइने विभिन्न विषयगत समितिहरुमा नेकपा एसको समेत सहभागिता हुनुपर्ने ध्यानकर्षण गराइएको छ । ‘गठबन्धन दल स्तरमा सल्लाहकार समिति निर्माण गरी आगामी सम्पूर्ण कार्यहरु अगाडि बढाउन हाम्रो पार्टी गम्भीरतापूर्वक अनुरोध गर्दछ ।’ ध्यानाकर्षणपत्रमा भनिएको छ ।